Logo

Student Corner

जीवन जीउनु कसरी ?

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 21 November, 2023

जीवन जिउनु कसरी म 

गुरु भन्छन, “पढ बिति जानेछ छ जीवन”

म भन्छु बाँचेर मात्र के गरुँ  म

जीवन जिउनु छ मलाई 

तर जिउने कसरी ?


 

जीवन जिउनु छ मलाई 

तर जिउनु कसरी म 

कसले भन्छ, होला मलाई 

जीवन जिउनु कसरी म



 

बुवा भन्छन, “जिम्मेवारी निभाऊ बिति जानेछ जीवन” 

आमा भन्छिन्, “सबैसँग राम्रो मुखले बोलिदेउ जानेछ जीवन”  

जीवन जिउनु कसरी म ?

कि बाचूँ  म आफ्नै तरिकाले ?




 

जीवन के हाे ? 

जिम्मेवारी हो कि  जीवन

रमाइलो हो कि जीवन 

जे भए पनि जीवन जिउनु कसरी म !



 

डर लाग्छ कतै 

जीवन बित्नुभन्दा अगि मै 

बिति जाने पो छु कि 

डराएर बिताऊँ कि जीवन !


 

हो के यो जीवन ?

कोही भन्छन्, जन्म र मृत्युबिचको 

समय हो जीवन 

कोही भन्छन्, पुण्य

कमाउनु हो जीवन ।