Logo

Student Corner

समय फर्किदैन

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 20 November, 2023

 गएकाे समय कहिल्यै फर्किदैन

भएकाे समय भागिहाल्छ

रहेकाे समय जहिले हताराे हुन्छ

र समय भन्छ 

मलाई  सदुपयोग गर्नुहोस् ।


 

हामी बुढो हुँदैछौँ

हाम्रो क्षमता पनि हाम्रो उमेरसँगै

बुढाे हुँदैछ र हामीलाई धकेल्दै छ

एउटा ठुलाे खाडलमा ।


 

समयलाई अगाडि जान नदिनु,

बरू समयसँग अगाडि बढ्नुहोस्

आज तपाईं आफ्नो सक्दो प्रयास गर्नुहोस्

तपाईं भोलि राम्रो भविष्यसँग खेल्दै 

रमाउँदै हातेमालाे गर्नुहुन्छ 

र सपना सजाउनुहुन्छ भाेलिका लागि ।


 

समयले तपाईंलाई कहिल्यै पर्खदैन

तपाईंले पनि पर्खिनुपर्छ भन्ने छैन

समय र हामी आफ्नै रफ्तारमा

जिन्दगीकाे ठुलाे सागरमा

पाैडी खेल्दै, डुबुल्की मार्दै 

समयअनुसार तर आफ्नै धुनमा

अगि बढ ।


 

आफ्नो समय आफैँसँग राख्नु 

आफ्नो उज्ज्वल भविष्यको लागि साँच्नु

तपाईं आफ्नो लागि मात्र गर्नु

किनकि समय आफ्नै पक्षमा मात्र छ

अरूकाे जिम्मा यसले लिँदैन

गुमिसकेपछि लिन्छुभन्दा पनि दिँदैन

किनकि समय  फर्किदैन ।