Logo

Student Corner

पापी आँखा

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 10 November, 2023

फुटिहाल्नु ती आँखा 

जुन आँखाले कुदृष्टि लाउँछ नेपाल आमामाथि 

फुटिहाल्नु ती आँखा

अरूको चरित्रमा प्रश्न गर्ने ती आँखा 


 

के माया लाग्थ्यो र ती आँखाको 

जुन आँखा बेवास्ता गर्नेको लागि बसिदिन्छ 

के माया लाग्थ्यो र त्यो आँखाको 

जुन आँखाले अहङ्कारका साथ सारा संसारलाई हेर्दछ 


 

भन्छन् फुलको आँखामा फूलै संसार 

काँडाको आखामा काँडै  संसार 

यी आखाँले गर्दा सारा संसार उल्टिन्छ

यी आँखाले गर्दा जिन्दगी पल्टिन्छ 

के गर्नु म यी आँखालाई ?


 

मेरा यी आँखाले मलाई दुख दिन्छ 

हेर्न मन लागेको कुरालाई पनि तानिदिन्छ 

यी आँखा छन् मेरा पापी 

कसरी सुधार्नु म मेरो यो बानी 


 

सबै कुराको नराम्रो धेरै र राम्रो थोरै 

हेर्ने यी  छन् यी आखाँ मेरा

दुनियालाई नराम्रो बनाउँदै छन् यी आखाँ 

भन्नछन् फूलको आँखामा फूलै संसार 

तर के गर्नु मेरा भएका आँखा

तीखा काँडाले भरिएका छन् 

अन्धकारले भरिएका छन् ।