Logo

Student Corner

ल्होसार

Written by: Himamsu Bal - 31009, Grade V

Posted on: 10 November, 2023

हाम्राे देश नेपालमा विभिन्न जातजातिका मानिसहरूकाे बसाेबास रहेकाे छ । यहाँ जातिअनुसारका भाषा, धर्म, संस्कार र चाडपर्वहरू रहेका छन् । आज म तामाङ जातिले मनाउने पर्वकाे बारेमा लेख्दै छु । तामाङ समुदायले हरेक वर्ष विभिन्न चाडपर्व मनाउने गर्दछन् तर उनीहरूले मनाउने मुख्य चाड सोनाम ल्होसार हो । सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्ष हो । ल्हो अर्थात् वर्ष सारको अर्थ नयाँ हाे । त्यस दिन तामाङ समुदाय बिहान सबेरै उठेर नुहाउँछन् । घरका एकजना सदस्य बुद्धको पूजा गर्न गुम्बामा गएर लामा गुरुलाई आफ्नो घरमा पूजाका लागि बोलाएर ल्याउँछन् । त्यसपछि घरबाहिर र घरको माथि बुद्ध झण्डा लगाइन्छ ।तामाङ समुदायले घरमै स्वादिष्ट खानेकुरा बनाउँछन् र आफन्तलाई खान बोलाउँछन् । त्यसपछि उनीहरू परम्परागत पोशाक लगाएर पर्व मनाउन टुँडिखेल जान्छन् । टुँडिखेलमा सबै तामाङहरू जम्मा भएर डम्फु बजाउँछन् र तामाङ सेलो गीत गाउँछन् । त्यो दिन टुँडिखेल परम्परागत खानेकुरा खासगरी खाप्सेले भरिपूर्ण हुन्छ ।