Logo

Student Corner

शिक्षा

Written by: Aavash Malla - 26001, Grade X

Posted on: 09 November, 2023

शिक्षा हो साथी मेरो ज्ञानको प्रकाश,

सपना पूरा गर्दै, सफलताको साथ।


 

पुस्तकको साथमा बढ्दै गर्दा

 मानवताको विकास,

सोचको पर्वाह नगरी, 

उच्च उचाइमा जान बस ।


 

शिक्षा हो आफ्नो देशको उत्थान,

समृद्धि, सुख, अमूल्य धर्म, 

क्रियाशील गति बढाउँछ यसले जान। 



 

शिक्षा हो देशको भविष्य,

अन्धकारको शिरमा प्रकाशको ज्याेति

देशकाे भविष्य नै हाम्राे भविष्य

विकासकाे गतिमा साथ दिँदै अघि बढ्छ ।


 

शिक्षा हो जीवनको, सुन्दर भविष्य

शिक्षा जीवनकाे गति, शिक्षाले खोल्दछ ज्ञान

कहिल्यै नगर्नु आफैँले अभिमान

शिक्षाले सिकाउँछ यही ज्ञान ।


 

शिक्षक  हुन् हाम्रा असल गुरु

जीवनका, ज्ञानको साथी

पुर्याउने हामीलाई माथि

हुन् शिक्षक हाम्रा ज्ञानका दाता ।