Logo

Student Corner

होली

Written by: Aslesha Baidhya - 32037, Grade IV

Posted on: 09 November, 2023

होली हिन्दुहरूको चाड हो । यसलाई फागु पनि भनिन्छ । यस दिन रङहरू पनि खेलिन्छ । मानिसहरू एकअर्कालाई रङहरू दलेर शुभकामना दिन्छन् र मिठा मिठा परिकारहरू खाएर यो पर्व मनाउँछन् । यो पर्व होलीका नामको राक्सेनीको कथा जोडिएको छ । होलीकालाई आगोले केही नगर्ने वरदान थियो । उनको दाजु हिरन्यकश्यपुका छोरा प्रल्हादलाई मार्न दाजुबहिनी मिलेर र प्रल्हादलाई काखमा लिएर होलीका आगोमा बस्ता नराम्रो चिताएको हुनाले वरदान पाएतापनि उनलाई आगोले जलाउँछ र प्रल्हादलाई भने केही पनि हुँदैन । यसरी कुभलो चिताउनेको नाश भएको र सत्यको जित भएकोमा रङहरू सहित खुसी मनाइन्छ । आगोबाट निस्केको भएर पानी खेलेर यो पर्व मनाइन्छ ।