Logo

Student Corner

स्वस्थ जीवन

Written by: Aadar Timalsina - 29046, Grade VII

Posted on: 08 November, 2023

हामी सबैलाई राम्रो स्वस्थ चाहिन्छ । हामी सबै निरोगी हुन चाहन्छौ र एक स्वस्थ जीवन जिउन चाहन्छौँ । हामी सबैले कोसिस गर्‍याैँ भने एक स्वस्थ जीवन जिउन सक्छौँ । एक स्वस्थ जीवनका लागि हामीले हाम्रा नराम्रा बानी हटाई योग गर्ने, व्यायाम गर्ने जस्ता राम्रा बानीमा ध्यान दिनुपर्छ । हामी सबै स्वस्थ जीवन जिउन सक्छौँ । हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । हाम्रो स्वास्थ्य राम्रो छैन भने हामी अरू कुरामा पनि राम्रो गर्न सक्दैनौँ ।


 

हाम्रा लागि स्वस्थ धेरै महत्त्वपूर्ण छ । राम्रो स्वस्थमा रहनका लागि धेरै तरिका छन् । नियमित स्वस्थ कायम राख्नु पनि धेरै महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्य लागि हामीले स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, नियमित निन्द्रा लिने र नियमित योग गर्ने जस्ता राम्रा बानी अपनाउन सक्छौँ । स्वस्थ खाना खायो भने हामी हाम्रो शरीर स्वस्थ राख्न सक्छौँ । यसले हाम्रो शरीरलाई सबै महत्त्वपूर्ण खानिजहरू दिन्छ । नियमित व्यायाम गर्‍याे भने हामीले खाएको खाना पचाउन हाम्रो शरीरलाई सजिलो हुने गर्दछ । हामीले जहिले पनि नियमित निन्द्रा लिने गर्नुपर्छ । निन्द्रा भनेको हाम्रो जीवनमा धेरे महत्त्वपूर्ण कुरा हो । निन्द्रा बिना हाम्रो जीवन धेरै गाह्राे हुन्छ । हामीलाई राम्ररी काम गर्नु छ भने हामीलाई निन्द्रा पुग्ने गरि लिनुपर्छ । हाम्रो निन्द्रा पुगेन भने हामीलाई काम गर्न गाह्राे हुने छ । नियमित योग गर्नु पनि आवश्यक हुन्छ । योगले र व्यायामले शारीरिक मात्र होइन मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । यसले हाम्रो शरीरको भित्री अङ्गहरूको पनि कार्यक्षमता बढाउँछ, इन्द्रियलै वशमा राख्न मदत गर्छ र हाम्रो फोक्सो, मुटु जस्ता अङ्गहरूलाई राम्रो रुपमा राख्छ । 


 

स्वस्थ जीवनको लागि यी उपायहरूको पालना गर्दा, हामीलाई धेरै फाइदा हुन्छ र हामी नियमित राम्रो स्वस्थ कायम राख्न पाउछौँ । हामीले हाम्रो स्वस्थालाई बिग्रिन नदिई राम्रो स्वस्थ कायम गर्न आवश्यक हुन्छ । राम्रो स्वास्थ्य कायम राखेन भने हामीलाई धेरै रोग लाग्न सक्छ र हामी हाम्रो जीविकोपार्जन गर्न राम्रो स्वस्थ कायम गर्न सक्दैनौँ । त्यसैले स्वस्थ धेरै महत्त्वपूर्ण छ र हामीले सधैँ राम्रो स्वास्थ्य कायम गर्नुपर्छ ।