Logo

Student Corner

तिज

Written by: Darshana Khadka - 31048, Grade V

Posted on: 08 November, 2023

नेपाली हिन्दुहरूले मनाउने चाडहरूमध्ये  तिज  पनि एउटा विशेष चाड हो । यो चाड विशेष गरी क्षेत्री र बाउन समुदायका महिलाहरूले मनाउँछन् । यसलाई हरितालिका तिज पनि भनिन्छ । यसमा विशेष गरी भगवान् शिवको पूजा आरधना गरिन्छ । यस चाडमा महिलाहरूद्वारा व्रत बसिन्छ । विवाहित महिलाहरूले आफ्नो श्रीमानको लागि व्रत बस्छन् भने अविवाहित महिलाहरूले आफूले सोचेको जस्ताे श्रीमान पाऊँ भनेर व्रत बस्छन् । यो चाड विशेष गरी दुई दिनको हुन्छ तर गोकर्णे औँसीदेखि तथा अझ अगाडिबाट नै यस चाडको रमझम सुरु हुन्छ । यो पर्वको अगिल्लो दिनमा विभिन्न प्रकारका मिठा मिठा खानेकुरा तयार पारी रातको १२ बजेभन्दा अगाडिसम्म दर खाइन्छ । महिलाहरू भोलिपल्ट बिहान नुहाइधुहाइ गरी निराहार ((पानी पनि नपिईकन ) व्रत बस्छन् । यस दिन भगवान शिवको मन्दिरमा मेला लाग्ने गर्छ। यस दिन पशुपतिनाथमा ठुलो मेला लाग्छ । यस दिन सबै महिलाहरूले रातो सारी  रातो चुरा र  रातै टीका लगाएर  रमाइलो गर्छन् ।