Logo

Student Corner

यहाँ केही त पक्कै भएको छ

Written by: Sakshyam Karna - 26013, Grade X

Posted on: 07 November, 2023

यहाँ को छ र,

 जो कहिले हाँसेकै छैन 

न त  कहिले हारेको नै छ

 जो कहिले रोएकै छैन 

 कहिल्यै उठैकै छैन  ।

 

 न त कहिल्यै ढलेको नै छ 

 यहाँ त केही पक्कै भएकै छ  ।

  जसलाई कसैले कहिल्ल्यै 

  प्रेम गरेकै छैन 

 न त कसैले घृणा नै ।

 

 जो कहिले कसैसँग तड्पिएको छैन 

 जसले कसैसँग हजारौँ सपना सजाएकै छैन 

 जो कहिल्यै छचल्किएर पोखिएकै छैन

  न कहिले कसैसँग रित्तिएको नै छ 

 यहाँ त केही पक्कै भएकै छ ।

 

 सत्य मैले अहिलेसम्म देखेकै छैन

  न कहिले सुनेको छु

 आमाको छातिमा पोखिएको 

 छोराको रातो रगत देखेको छु 

  यहाँ हरकोही  एकान्तमा तड्पिएर  रोएकै छ ।

 

 मरी मरी बाँचेकै छ 

 यहाँ त केही पक्कै भएकै छ ।

 कसैले कसैलाई जरुरत चाहेकै  छ

 कसैले पाएको छ 

 त कसैले गुमाएको

 यहाँ मनहरुलाई कहिले

 अरूले बुझाएको छ त

  कहिले  आफैँ बुझेको छ

कहिले मन सम्हालिएको छ त  

 कहिले आफैँ बिथोलिएको छ 

यहाँ केही त पक्कै भएको छ । 

 जसलाई उसले भन्ने हिम्मत गर्दैन

  अनि दुनियाँमा सुन्ने चाहना  नै छैन