Logo

Student Corner

फुटबल

Written by: Anshuman Shah Thakuri - 32046, Grade IV

Posted on: 07 November, 2023

मेरो मन पर्ने खेल को नाम फुटबल हो । याे एउटा सामूहिक खेल हाे । याे ११/११ जनाको समूहमा खेलिने खेल हो । फुटबल एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएकाे मैदानमा खेलिन्छ । यो खेल विश्वमा निकै नै लोकप्रिय खेलको रुपमा चिनिन्छ । फुटबल अन्तर्राष्ट्रियस्तरमा खेलिन्छ । विश्वकप प्रत्येक चार वर्षमा हुन्छ । मलाई  फुटबल खेलाडीमा मेस्सी असाध्यै मन पर्छ । मलाई साथीसँग फुटबल खेल्न मन पर्छ । फुटबल खेल्दा हाम्रो शरीर स्वस्थ र फुर्तिलो हुन्छ । यो खेल अत्यन्तै रमाइलो र चुनौतीपूर्ण खेल हो । म विद्यालयमा फुर्सदकाे समयमा  फुटबल खेल्न मनपराउँछु । मलाई फुटबल खेल्दा गाेलरक्षक बन्न मन पर्छ । फुटबल खेल ९० मिनेटको हुन्छ । जसमा ४५-४५ मिनेट गरी दुई भागमा  खेलिन्छ । जुन समूह खेलकाे अन्त सम्ममा बढी गाेल गर्न सफल हुन्छ त्यही समूहकाे विजय हुन्छ । मलाई  खेल फुटबल खेल असाध्यै मन पर्छ ।