Logo

Student Corner

जीवनका पाना

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 03 November, 2023

जीवनको पहिलो बिहानी, हामी पाइला टेक्छौँ,

आमा र बाबाको खुसीबाट हाम्रो आँखा भर्छ,

निर्दोषता र आश्चर्यसँग, हामी मुस्कुराउँछौ,

बाल्यकालको रमाइलो मैदानमा आफ्नो दिन काट्छौँ ।


 

थाहा हुदैँन के हो जिन्दगी,

हामी त जिउन मात्र सिक्छौँ,

हेर्दा हेर्दै दिनहरू बित्छ,

एकदिन सानो त अर्को दिन ठुलो हुन्छ ।


 

हाँसो र खुसीसँगै हामी बढ्दै जान्छौँ,

दिन प्रति दिन नँया कुरा सिक्छौँ,

कक्षामा पढ्न र मैदानमा खेल्न सिक्छौँ,

नयाँ साथीहरूसँगै पुरा दिन बिताउछौँ ।


 

हुँदै सात, आठ वर्ष,

पढाईलाई गम्भीर रूपमा लिन्छौँ,

म त ठूलो भएर डाक्टर बन्छु भन्छौँ,

खेल्दै, पढ्दै, बढ्दै जान्छौँ हामी ।


 

भएँ होला म १०, ११ वर्ष,

अब त जीवनलाई गम्भीर रूपमा लिन्छौँ,

अहिले त भविष्यको चिन्ता छैन,

पढाईमा नै ध्यान छ ।


 

१४, १५  वर्ष पनि पुगियाे,

अब पो छ भविष्यको चिन्ता,

मनोविज्ञान र दिमागको विकास त भयो, 

आफू नै सबैभन्दा ठुलो भए झैँ लाग्यो ।