Written by: Bisu Maharjan - 28003, Grade VIII
Posted on: 03 November, 2023
मानिसको जीवनमा र नेतृत्वमा सधैँ
एकै समान रहने कुरा प्रयास हो ।
जीवनको सार्थकतमा
आइपुग्नको कारण पनि प्रयास नै हो ।
चालेकाे पहिलाे पाइलादेखि
फेरेको पहिलो सासदेखि
सबै प्रयासले नै अस्तित्व बनाउन
लागिपरेको हुन्छ ।
जब प्रयास रहँदैन तब नअस्तित्व रहन्छ
न त एक सबल जीवन बन्छ ।
प्रयास नै त हो सब थोक जुन बिना
न म न त यो कविता नै बन्छ ।