Logo

Student Corner

गुरुत्वाकर्षण बल 

Written by: Sashwat Paudel - 2022019, Grade X

Posted on: 06 September, 2020

दुई वा दुईभन्दा धेरै पिण्डबीच हुने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ । गुरुत्वाकर्षण बलकै कारण पृथिवीले सूर्यलाई र चन्द्रमाले पृथिवीलाई परिक्रमा गर्छन्।  गुरुत्वाकर्षण बल नभएको भए पृथिवीले सूर्यलाई र चन्द्रमाले पृथिवीलाई परिक्रमा गर्दैनथे । गुरुत्वाकर्षण एक प्राकृतिक नियम हो। जसबाट ग्रह वा तारा,तारापुञ्ज र प्रकाशसहित वस्तु वा ऊर्जाका सबै  चिजहहरू एक अर्कातिर आकर्षित हुन्छन् । पृथ्वीको गुरुत्वाकर्षण बलले पृथ्वीमा भएका वस्तुलाई आफूतिर आकर्षित गर्दछ भने  चन्द्रमाको गुरुत्वाकर्षण बलले समुद्री ज्वार पैदा गर्छ । 

गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्त सर आइज्याक न्युटनले पत्ता लगाएका थिए | उनले यो सिद्धान्त आविष्कार गरेबापत उनलाई बेलायत सरकारले सरको मान्यता पनि दिएको थियो र उनी न्युटनबाट सर आइज्याक न्युटन भएका थिए। न्युटनको विश्वव्यापी गुरुत्वाकर्षणको सिद्धान्तअनुसार हरेक पिण्डले ब्रह्माण्डका  अरू  पिण्डलाई यस्तो शक्तिले आकर्षण गर्दछ जुन उनीहरूको तौलको गुणानफलसँग समानुपातिक हुन्छ र तिनीहरूका केन्द्रहरूबीचको दुरीसँग  विपरीत समानुपातिक हुन्छ | 

 सर आइज्याक न्युटनले सन् १६८७ मा गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्त पत्ता लगाएका थिए | गुरुत्वाकर्षणको नयाँ  सिद्धान्तले गुरुत्वाकर्षण बल ब्रह्माण्डको समय खुम्चिएर उत्पन्न हुने भनेको छ | गुरुत्वाकर्षण बल ब्रह्माण्डका  सबै ठाउँमा लागु हुन्छ | 

सर आइज्याक न्युटन को सिद्धान्त अनुसार-:
F=Gm1m2/d2  हुन्छ | जसमा,

m1=पहिलो वस्तुको पिण्ड 

m2=दोस्रो वस्तुको  पिण्ड

d2=तिनीहरुको दुरी (square)

G=gravitational constant (6.67×10^-11) 

यसरी हामीले कुनै वस्तुको गुरुत्वाकर्षण बल पत्ता लगाउन सक्छौँ।  यही सिद्धान्तलाई प्रयोग गरेर हामीले पृथ्वीको गुरुत्वाकर्षण बल पत्ता लगाउन सक्छौँ। 

अतः  गुरुत्वाकर्षण बल भनेको दुई पिण्डबीच हुने आकर्षण बल हो जुन चाहिँ  ब्रह्माण्डका सबै वस्तुका  लागि लागु हुन्छ ।