Logo

Student Corner

स्वस्थ भोजन र यसको महत्त्व

Written by: Sumedha Adhikari - 29036, Grade VII

Posted on: 02 November, 2023

हामी स्वस्थ हुन चाहन्छौँ , निरोगी हुन चाहन्छौँ । भनिन्छ स्वास्थ्य नै हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण धन हो। हामी स्वस्थ हुनका लागि बिहानै उठेर हिड्छौँ , कुद्छौँ । हामी स्वस्थ रहनका लागि विभिन्न राम्रा कार्यहरू पनि गर्छौँ। यी सबै हाम्रा राम्रा बानीमध्ये पर्दछन् । 

हामीले दिनदिनै भोजन खान्छौँ  तर हामीले के भोजन खाइरहेका छौँ भनेर हामीलाई नै थाहा हुँदैन । हामीले धेरै जसाे बजारमा पाइने पत्रु खाना खाइरहेका हुन्छौँ। जस्तैः चाउचाउ, लेज, चटपटे, कुर्कुरे आदि । यस्ता खानेकुरा हाम्रा शरीरका लागि धेरै हानिकारक हुन्छन्। बजारमा पाइने कोकाकोला, फ्यान्टा, स्प्राइट जस्ता खानेकुरा हामीले खान रुचाउँछौँ  तर त्यस्ता  खानेकुरा खानुभन्दा हामीले घरमै बनाएका फलफूलका जूस खान सक्छौँ । त्यसले चाहिँ हाम्रो शरीरलाई फाइदा गर्दछ। स्वस्थ रहनका लागि हामीले अस्वस्थ भोजन त खान्छौँ तर ध्यान दिइरहेका हुँदैनौ । त्यसले गर्दा हामीलाई खाना पचाउन पनि गार्‍हो भइरहेका हुन्छ।


 

स्वास्थ रहनका लागि हामीले नियमित रुपमा भोजन खानुका साथै नियमित रुपमा नै योग पनि गर्नु पर्छ। किनभने योगले पनि हामीलाई स्वस्थ बनाउँछ। हामीले हाम्रो दैनिक भोजनमा पनि सुधार गर्नुपर्दछ। हामीले घरमै बनाइएका ताजा र स्वस्थ्य भोजन खायौँ भने निकै राम्रो हुन्छ। हरिया साग, फलफूल हाम्रो शरीरका लागि धेरै फाइदाजनक छ। दुध, दही , मोही आदि  खानाले शरीर स्वस्थ हुन्छ । स्वास्थ भोजन भित्र पानी पनि पर्दछ । त्यसैले हामीले पानी पनि प्रसस्त पानी खानुपर्छ । शाकाहारी भोजनलाई महत्त्व दिनुपर्छ । 


 

तसर्थ भोजन र स्वास्थको बलियो सम्बन्ध छ।  यसरी भोजन र स्वास्थ्यको एक सिक्काका दुई भाग हुन् । त्यसैले स्वस्थ जीवनका लागि स्वस्थ खानेकुरामा ध्यान दिनुपर्छ ।