Logo

Student Corner

जीवनका पलहरू

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 01 November, 2023

जीवनको पलहरू छायाँमा बितेको,

सपनाहरूले ढाकेको आकाश बितेको।

आएका छन् सुखद समयहरू

बिहानीकाे स्पर्शमा सुखद अनुभूति,

आउँदैछन् ममा ती स्मृतिहरू, 

जिन्दगीको यात्रामा एक युग बिताउन ।


 

पर्वहरूको जडान, मित्रहरूको हात,

दु:खको साथीमा बितेको रात।

मनका भावनाहरू साटेकाे

आन्तरिक यात्रामा मन र तनसँग

सँगै लिएका यादहरू मन र तनसँगै


 

उदास बितेका किस्साहरू

आँखामा आँसु लिएको,

सङ्घर्षको मार्गमा, अवसानको आशा लिएर

जीवनको अन्तरङ्ग फर्केको,

हाम्रो छ, यो जीवन बाँचीराखेको  ।


 

चर्चित्रमा लिखिएका उज्यालो यात्राहरू,

जीवनका पलहरू बितेका यादहरू

बदलिएका हामी, यो संसार बदलिँदै जाने छ

जीवनका पलहरूले मलाई सम्झाइ रहने छ ।