Logo

Student Corner

खरायो र कछुवा

Written by: Avi Thapa - 30008, Grade VI

Posted on: 30 October, 2023

एकादेशमा खरायो र कछुवा थिए । उनीहरू एउटा जङ्‌गलमा बस्थे । खरायोलाई म सबैभन्दा छिटो दौडन सक्छु भन्ने घमण्ड थियाे । उसले  एउटा दौड प्रतियोगिता राख्यो । त्यस प्रतियोगितामा अरू कुनै जनावर आएनन् तर कछुवा भने प्रतियोगितामा सहभागी हुन आयो । यस्तो कछुवालाई मैले तुरुन्तै जित्न सक्छु,  मेरो जित पक्का भयो भन्दै खरायाे आफ्नो बाटो लाग्यो । एक हप्तापछि उनीहरूको दौड प्रतियोगिता सुरु भयो । अरू जनावर खेल हेर्न आए । खरायो धेरै छिटो कुद्न थाल्यो । ऊ धेरै  अगाडि पुग्यो ।  एकछिन पछि उसले पछाडि फर्केर हेर्याे । उसले कतै पनि कछुवालाई देखेन । उसले एकछिन सुत्नु पर्याे भनेर सोच्यो । ऊ त भुसुक्कै पाे निदायो । सपनामा कछुवाले दौड प्रतियोगिता जितेको देख्यो । ऊ झल्याँस्स ब्युझियो । साँच्चै कछुवाले प्रतियोगिता  जित्न आँटेको रहेछ । खरायाेले भए भरको बल लगाएर कुद्‌यो तर सकेन । कछुवाले नै प्रतियोगिता जित्यो । खरायो जिल्ल पर्याे । बल होइन, बुद्धि चलाउनुपर्छ भन्दै कछुवा आफ्नो बाटो लाग्यो ।