Logo

Student Corner

न्यायको आशा

Written by: Anushree Acharya - 28002, Grade VIII

Posted on: 28 September, 2023

"किन रोएकी छोरी ? के भयो ?" आमाले मलाई सोध्नुभयो ।


 

आँखामा भएका आँसु पुछ्दै मैले भने, "हैन आमा, केही भएको छैन । आँखामा धुलो पसेको मात्र हो। 


 

केही नभएको जस्तो गरे पनि मनमा मलाई थाहा थियो धेरै कुरा बिग्रेको थियो।


 

नेपालको राजधानी काठमाडौंमा बसेकी थिएँ म। कक्षा १० मा अध्ययनरत सबै व्यक्ति जस्तै मेरो हातमा मोबाइल र इन्टरनेट थियो । मोबाइल  पाएपछि साथीहरूले भनेजस्तै मैले एउटा इन्स्टाग्राम अकाउण्ट खोलेँ । साथीहरूले भने झैँ नै मैले आमा र बुबाबाट यो कुरो लुकाए ।


 

अकाउण्ट बनाएको तीन महिनासम्म सबै कुरा राम्ररी चलिरह्यो तर मनमा एउटामात्र आवाज गुन्जिरहन्थ्यो, “आमा र बुबालाई नभनेर के सही काम गरे मैले ?"


 

तीन महिनापछि मलाई एउटा अकाउण्टबाट मेसेज आयो । मेसेज हेर्दा हाइ भनेर लेखिएको थियो । यस्तो अब अवस्थामा के गर्ने भन्ने थाहा नभएर मैले विद्यालयमा मेरो साथीलाई सोधेँ, "हेर न ! मलाई त एउटा नचिनेको मान्छेले मेसेज गर्‍याे। म के गर्नु ? आमा बुबालाई भनुम् ?"


 

हुँदैन ! तिम्रो आमा बुबालाई यसको बारेमा नभन अहिले नै। पछि बेला भएपछि म भन्छु। अहिले चाहिँ त्यो मेसेजको रिप्लाई देऊ। नयाँ साथी यसै गरी बनाइन्छ।"


 

साथीले भनेपछि होला नि भनेर मैले त्यो मेसेजको रिप्लाई दिएँ । बिस्तारै त्यस व्यक्तिको मेरो बोलचाल सुरू भयो । हरेक दिनदेखि प्रातमा आँखा खोलेदेखि म कुरा गर्थेँ ऊसँग। कुरा नगर्ने भनेको विद्यालयमा हुँदा मात्र थियो। कुरा गर्दा गर्दै मैले मेरो जीवनबारे हरेक कुरा उसलाई सुनाउन थालेँ । 


 

बोलेको ४ महिना हुन लागेको समयदेखि भने उसले अलि भिन्न किसिमको व्यवहार देखाउन थाल्यो । मैले त्यस समयमा त्यस्तो सोचिन तर यसको १ हप्तापपछि मलाई उसले धम्काउन थाल्यो । कुरा यसरी सुरु भयो:


 

"तिम्रो आमा र बुबालाई तिम्रो अकाउण्टको बारेमा थाहा छैन हैन ?"


 

"अहँ छैन । किन र ?"


 

"तिम्रा आमा र बुबालाई मैले यसको बारेमा भने के होला ?"


 

"किन र ? मेरा आमा बुबालाई किन भन्ने ?"


 

"कि । मैले भनेको मान्छौ अनि म भन्दिन ।"


 

"हुन्छ । के गर्नु मैले ?"


 

"मलाई तिम्रो घर नजिकैको पार्कमा ५०० रुपियाँ ल्याइदेऊ।""


 

" कसरी ?" 


 

"त्यो मलाई थाहा छैन । ठ्‌याक्कै १:०० बजे त्यहाँ लिएर आऊ।"


 

मैले त्यसपछि केही भनिन तर डरका कारण मैले बुबाको खल्तिबाट पैसा झिकेर उसलाई पैसा दिएँ । यो त सानो कुरा थियो र सक्यो । बिस्तारै उसको माग बढ्दै गयो । आमा बुबालाई झुट बोलेर यस्तो काम गर्नुभन्दा बरू आफैँ कुरा भन्ने भनेर मैले सोचेकी थिएँ । यो कुरा मैले मेरी साथीलाई पनि सुनाएँ । उसले भने भनी-"तिम्रो आमा बुबालाई भन्यौ भने झन् गार्‍हो हुन्छ तिमीलाई नै । त्यसको माथि कति पैसा लगिसक्यौ तिमीले । म त तिम्रो ठाउँमा भएको भए दिने थिइन । उसको कुरा सुनेर मैले आमा बुबालाई भनिन् र उसले भने जस्तै गरे। 


 

१ महिना त्यसरी नै बित्यो । त्यो समयमा मैले धेरै नै भयो भनेर उसलाई त्यस दिन भेटेर भने, "मलाई पुग्यो। अब म तिमीले भने जस्तो नगर्ने।" यो कुरा सुनेर उसले भन्यो-"नगर्ने भए यति कुरा बुझकी म तिमीलाई राम्ररी बाँच्नै दिने छैन।" 


 

उसको कुरा सुने तर मैले केही प्रतिक्रिया दिइन । मैले पछि मात्र थाहा पाए कि उसले सामाजिक सञ्जालमा मेरो बारेमा नराम्रो कुरा भनेछ। विद्यालयमा सबैले मलाई गिज्याउन थाले  तर मैले यसको बारेमा आमा र बुबा कसैलाई भनिन । अन्त्यमा मैले सबै कुरा सहन नसक्ने नै भए । 


 

बिदाको दिन थियो । सबैजना घरमै थियौँ । आमालाई हेर्दा हेर्दै मेरो आँखाबाट दुई थोपा आँसु खसे । आमाले देख्नुभएछ। "किन रोएकी छोरी ? के भयो ?" आमाले मलाई सोध्नुभयो ।


 

आँखामा भएका आँसु पुछ्दै मैले भने, "हैन आमा, केही भएको छैन । आँखामा धुलो पसेको मात्र हो । 


 

मनमा राखेको पीडा सहन नसकेर म माथि कोठामा गएँ । त्यहाँ मैले आत्महत्या गरेँ । त्यसरी सामाजिक सञ्जालमा घटेको घटनाले ज्यान गुमाउन पर्‍याे मैले । आमा र बुबाका बगेका आँसुका र मैले भोगेको पीडाको दोषी थियो जम्मा एकजना  तर अहिलेसम्म न्यायको कठघरामा ल्याइएको छैन उसलाई । के मेरो न्याय पाउने आशा आशै बनेर  रहने हाे त ?