Logo

Student Corner

अनलाइन ठगी

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 26 September, 2023

१२ कक्षाको जाँच भर्खरै दिएर बसेको दिपेशको धेरै पैसा कमाएर छिटै धनी बन्ने सपना थियो । उसले कम समय र कम मेहनतमा नै धनी बन्ने सपना बोकेको थियो । ऊ काम खोज्न धेरै ठाऊ गयो । आफ्नो पढाइ र अनुभव नभएको कारण्ले गर्दा उसले कुनै ठाउमा काम पाइरहेको थिएन। केही नभएपछि उसले अनलाइन काम खोज्ने फैसला गर्‍याे। 


 

उसले विभिन्न कामहरूको लागि विज्ञापन देख्यो तर ती काम गर्न धेरै मेहनत गर्नुपर्थ्यो त कतै उमेर पुग्दैन थियो । धेरै समयसम्म खोज्दा पनि कसैले उसलाई काम नदिँदा तथा उसले काम नपाउँदा दिपेशलाई उसको सपना पूरा नहुने भावना मनमा आयो । त्यतिमा एउटा कम्पनीले उसलाई एउटा जब अफर गर्‍याे । त्यो अफर देख्दा दिपेश धेरै खुसी भयो र त्यति बेलामा नै उसको मोबाइलमा मेसेज आयो । उसले मेसेज हेर्‍याे, त्यो मेसेजमा कामको बारेमा लेखिएको थियो । दिपेशले मेसेज पढ्यो र कामबाट पाउने तलब देख्दा उसको मन लोभ्यायो । केही बेरपछि उसको मोबाइलमा फोन आयो। " तपाईँले कामको बारेमा मेसेज पाउनुभयो ?" कसैले सोध्यो । दिपेशले पाएँ भनेर जवाफ दियो । फेरि त्यही मान्छेले सोध्यो "तपाई यो काम गर्न सक्नुहुन्छ ?"। दिपेशको मनमा पैसा कमाउने लोभ थियो र उसले पनि सक्छु भन्यो । फोनमा कसैले बोल्यो, "त्यसो भए हामीलाई तपाईको डिटेल पठाइदिनु। " दिपेशले त्यो सुनेपछि केही नसोची आफ्नो बारेमा त्यो मान्छेलाई मेसेज गर्‍याे । दिपेशलाई मेसेज आयो, त्यसमा उसलाई केही दिन कुर्नको लागि भनेर लेखिएको थियो । छिटै पैसा कमाउने लोभमा उसले केही नसोची काम गरिरहेको थियो । 


 

अर्को दिन त्यही मान्छेले फोन गर्‍याे र भन्यो, "तपाइलाई हामीले काम दिन सक्छौँ तर पहिले यो कामको बारेमा जान्न र सिक्न प्रशिक्षण चाहिन्छ। त्यसको लागि तपाईले १० हजार तिर्नु पर्छ । दिपेशले केही बेर सोच्यो कि अहिले १० हजार तिरेर पछि त्योभन्दा धेरै पैसा कमाउन सकिन्छ र त्यो मान्छेलाई छिटै १० हजार रुपैयाँ पठायो । अघिल्लो दिन झैँ त्यो मान्छेले केही दिन पर्खन भन्यो । 


 

त्यस दिन दिपेश आफ्नो पुरानो साथी विनयलाई भेट्न गयो । उनीहरू एउटा क्याफे भित्र गए र कुरा गर्न थाले । विनयले पनि त्यति बेला साइबर अपराधकाे कुरा गर्‍याे, उसले भन्यो, "केहि दिन अघि मलाई एउटा फोन आएको थियो। मैले लटरी जिते भनेर। " दिपेश यस्ताे सुनेर छक्क पर्‍याे र सोध्यो, "तिमीले के गर्‍याैँ त?"  विनयले जवाफ दियो, "के गर्नु र? मेरो बैंक डिटेल मागिरहेको थियो तर मैले दिइन, आजकल यस्तै फेक आइडीबाट फोन आउछ।" "फेक आइडी?" दिपेशले सोध्यो। "अँ मान्छेहरू अहिले हामीलाई फोन वा मेसेज गरेर आफ्नो बारेमा भन्न लगाउँछन् वस पैसा लिन्छन्, हाम्रो बैँकको बारेमा जान्न खोज्छन् र यस्तै अनेकौ तरिकाले हामीबाट पैसा लिन्छन् वा हाम्रो अकाउन्ट ह्याक गरेर हाम्रो बारेमा विभिन्न कुराहरू भेट्टाउछन्।" दिपेश त्यो कुरा सुनेर चिन्तामा पर्‍याे । उसलाई साइबर अपराधको बारेमा त थाहा थियो तर पैसाको लोभमा उसले सोच्दै नसोची  कोही मान्छेलाई पैसा अनलाइन बाट दिएको थियाे । केही बेर कुराकानी गरेपछि दुबै आ-आफ्नै बाटो लागे। 


 

 दिपेश आत्तिएर घर फर्क्याे ।  दिपेशले हत्तारमा उसलाई फोन गरेको नम्बरमा फोन गर्‍याे तर त्यो फोन उठेन । दिपेशलाई धेरै चिन्ता हुन थाल्यो तर पनि उसले फोन आउने आशमा पर्ख्यो। दुई दिन हुँदा पनि फोन आएन र दिपेशलाई धेरै चिन्ता हुन थाल्यो । फोन नं आएपछि दिपेशले पुलिसलाई त्यसबारे खबर गर्‍याे र पुलिसले पनि त्यस विषयमा हेरे र केही दिनपछि दिपेशले उसको पैसा फिर्ता पायो । अनलाइन अपराध गरेको मानिस पनि पक्राउ भयो। 


 

अनलाइन भेट्टिने सबै कुराको विश्वास गर्नुहुँदैन, आफ्नो बारेमा वा पासवर्ड कसैलाई भन्नु हुँदैन र कसैमाथि विश्वास गरेर अनलाइन पैसा दिनुहुँदैन भन्ने कुरा दिपेशले त्यस घटनादेखि बुझ्यो।