Logo

Student Corner

गाउँको परिवर्तन

Written by: Pasang Doma Sherpa - 30019, Grade VI

Posted on: 26 September, 2023

हाम्रो देश नेपालमा विभिन्न सुगम र दुर्गम ठाउँहरू छन् । ती ठाउँहरूमध्ये गाउँ पनि एक हो । गाउँ भनेको के हो हामी सबैलाई थाहा छ । यो बस्तीहरूको समूह हो, जुन सहरभन्दा सानो छ । नेपालमा धेरै सुन्दर गाउँहरू छन् । नेपालमा अहिलेभन्दा पहिले धेरै गाउँ थिए । आभूमण्डलीकरणपछि कतिपय गाउँ सहर बन्न थाले । यसले गर्दा गाउँहरूमा विकास हुन थालेको छ । जसले गर्दा गाउँहरू सहर जस्तै बन्न पुगेका छन् । तर कुनै कुनै गाउँहरू राम्ररी विकास हुन नसकेको कारण आफ्नो गाउँबाट स्थानान्तरण गर्नु परेको छ। काठमाडौँ नेपालको राजधानी भएकोले काठमाडौँमा धेरै विकास आयोजनाहरू भएका छन् । यसले काठमाडौँलाई अवसरले भरिपूर्ण ठाउँ बनाएको छ। यही कारणले गर्दा मानिसहरू काठमाडौँमा बसाइ सर्न थालेका छन् । यही कारणले गर्दा अरू गाउँहरू सुनसान भूत गाउँ जस्तै भएका छन् । यी  गाउँहरूमा अहिले भने ज्येष्ठ नागरिकहरूको मात्र बसोबास छ ।