Logo

Student Corner

किसान

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 22 September, 2023

गर्मीको घाममा

मिहेनतको पसिना बगाई

हाम्रो लागि खेतमा काम गर्ने

किसानले नै हो हाम्रो पेट भर्ने ।। 
 

पशुपंक्षी र किराबाट

बाली नालीलाई जोगाएर

आफ्नो भोक र तिर्खा बिर्सेर

सबैको भोक मेटाउन अघि बढ्छन् किसान ।। 
 

घाम र झरीकाे गुनासो नगरी

किसानले खेती गर्छ अरूको पेट पाल्नका लागि

पानी वर्षा र घाममा खटेर

शरीरको पर्वाह नगरी, लागि पर्छन् किसान।। 
 

किसानको मिहेनत कसैले बुझ्दैन

उनका दुख पीडा कसैले देख्दैन

उनको परिश्रम जोश र जाँगरले

बाचेका छौ हामी, बुझ्न जरुरी छ सबैले।।