Logo

Student Corner

सगरमाथा

Written by: Jyotsana Tako - 2028051, Grade IV

Posted on: 02 September, 2020

 हाम्राे देशमा धेरै हिमालहरू छन् । ती हिमालमध्ये सगरमाथा पनि एक हाे । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर रहेको छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्दछ । हाम्रो देशमा अरू पनि थुप्रै हिमालहरू छन् । ती हिमालहरूमध्ये सबैभन्दा अग्लो हिमाल सगरमाथा हो‌। सगरमाथा हाम्रो देशको पहिचान हो। हाम्रो देशमा सगरमाथा भएकाले अरू देशका मानिसहरूले हामीलाई चिनेका छन्। यसले हाम्रो देशको इज्जत बढाएको छ। प्रत्येक वर्ष  सगरमाथा चढ्न देशविदेशका मानिसहरू आउने गर्छन्। यसरी हिमाल चढ्ने मानिसलाई पर्वतारोही भनिन्छ। सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा चढेका थिए।  त्यसैले संसारभरिका मानिसले नेपालीलाई साहसी मानिस भनेर चिन्ने गर्छन् । यसरी सगरमाथाले हाम्रो पहिचान र इज्जतलाई पनि बढाएको छ ।