Logo

Student Corner

किसान

Written by: Shabdika Nepal - 28029, Grade VIII

Posted on: 20 September, 2023

अन्नको एउटा एउटा दाना दिने 

भोका  पेटहरूलाई खान दिने 

धान रोपी चामल फलाउने किसान 

हाम्रै लागि दिनरात नभनी काम गर्ने किसान 

घाम र पानीमा भिजेर काम गर्ने किसान 

हाम्रै लागि हिलोमा आफ्नो जिउढाल खियाउने किसान। 
 

भन्छन् मानिसहरू किसान बनेर के गर्ने ?

त्यति जाबो कमाइले कसरी परिवारको पेट भर्ने ?
सरल जीवन जिउनुपर्छ भन्छन् डाक्टर, पाइलट बनेर 
तर उनीहरूलाई के थाहा ? 

डाक्टरको पेट पनि किसानकै मिहिनेतले भरिन्छ भनेर । 
 

हामी त नेपाली हौं,

चिनियाहरू जस्तो प्लास्टिकको खानेकुरा खादैनौं  

प्लास्टिकको चामल बनाउन पनि सक्दैनौं 

बाच्छौं त केवल त्यही किसानको पसिनाको सहाराले 

तर त्यही किसानलाई किन हेप्छन् साराले ?
 

यो समाजले किन सबै पेसाको महत्त्व नबुझेको ?

थाहा किन नपाएको कि सबै पेसामा छ एउटा महत्त्व लुकेको 

हेर जनता हो ! डाक्टरले दिँदैन चामल 

पाइलट र नेताले पनि सक्दैनन् दिन 

तिनले त किसानले एक एक पसिना बगाई

ओसिलो पारेको माटोमा घर बनाउन मात्र जान्दछन् 

चामल त त्यही घुस खाएको पैसाले किन्ने गर्छन् 

त्यति हुँदा पनि किसानकै खिल्ली उडाइ ठुलो काम गरे झैँ गर्व गर्ने गर्छन् ।
 

थाहा छैन , मैले किसानलाई बढी महत्त्व दिएँ कि ?

अरूले सम्मान गर्नै जानेनन् 

तर मैले जति नै सम्झाउने कोसिस गरे पनि 

यो संसारका मानिसले किसानको महत्त्व जान्नै खोजेनन् 

किसानलाई सम्मान गर्नै मानेनन्।