Logo

Student Corner

यदि मैले देशमा शासन गर्न पाएँ भने के हुन्छ ?

Written by: Avi Thapa - 30008, Grade VI

Posted on: 20 September, 2023

यदि मैले देशमा शासन गर्न पाएँ भने के हुन्छ ?  यदि मैले  देशमा शासन गर्न  पाएँ भने म यो सुनिश्चित गर्ने छु कि त्यहाँ कुनै भेदभाव हुने छैन । प्लास्टिकको प्रयोग हुने छैन, कुनै देशको सीमा हुने छैन र कुनै युद्ध हुने छैन । म यी सबै रोक्न चाहन्छु ताकि पृथ्वी राम्रो हुने छ ।  मानिसहरू प्लास्टिकको झोला बेच्छन् ।  हामीलाई आवश्यक पनि छ । प्लास्टिकको कारण हुने प्रदूषणको ख्याल राख्नुपर्छ । प्लास्टिक जहाँ पायाे त्यहीँ फाल्दा माटो प्रदूषित हुने छ र मानव जनसङ्ख्याको लागि कुनै खाना हुने छैन । यदि त्यहाँ खाना छैन भने उनीहरू पनि भोकले मर्न सक्दछन् । जस्तै श्रीलङ्कामा खाद्य सङ्कट थियो र छ पनि । त्यसैले म प्लास्टिकलाई पनि प्रतिबन्ध लगाउने छु । म उद्योग सञ्चालकलाई  उच्च खालकाे चिम्नी बनाउन भन्छु । म उनीहरूलाई भन्छु कि चिम्नीलाई उच्च बनाउनुहोस् किनभने यदि चिम्नी भूमिको नजिक भयाे भने भूमिबाट निस्कने धुवाँले हाम्रो हावालाई प्रदूषित गर्ने छ । यदि चिम्नी उच्च भयाे भने त्यहाँ वायु प्रदूषण त हुने छ तर थोरै मात्र  किनभने धुवाँ हावासँग जान्छ । यदि मैले देशमा शासन गर्न पाएँ भने देशलाई हरियाली बनाउँछु । देशमा कारखाना खाेल्छु । सबैलाई आफ्नै देशमा राेजगार दिन्छु । कसैप्रति भेदभाव गर्दिनँ ।