Logo

Student Corner

किसान

Written by: Yalam Dev Pradhan - 28014, Grade VIII

Posted on: 15 September, 2023

पसिना र श्रमकाे बीज हुन् 
माटाेमा धेरै काम गर्छन्
फल र तरकारीहरू फलाउँछन्
जनावरहरू पनि पाल्छन्
अन्नदाता धराका ।

 

हामीलाई बाच्न सजिलो
अन्न र फलहरू आउँछन् 
बजारभरि 
पसिनाका माेती
उनीहरूले बोतबिरुवा रोप्छन्
जनावरहरू पनि बढाउन सक्छन्
सबैका सहारा

 

खेतबारी किसानको तन
कर्ममै छ उनकाे मन 
पूजा गर्छन् माटाेकाे 
खन्छन् जाेत्छन् सिँगार्छन् 
सबका सहारा
परिश्रमी किसान ।