Logo

Student Corner

समय

Written by: Aneechka Kaushik - 2028006, Grade IV

Posted on: 01 September, 2020

जब हाम्रो जन्म यस धर्तीमा हुन्छ  तब  दिन बार महिना र बर्ष गरेर समयको गन्ती सुरु हुन्छ । समय हाम्रा लागि अत्यन्तै बलवान छ किनकि समयले सबै गतिविधि निर्धारण गरेको हुन्छ ।  हामीले सबै काम समयमा गर्नुपर्छ । हामीले गर्ने कामहरू समयअनुसार गर्‍याै  भने सफल हुन्छाैँ । यदि हामीले समयमा नै काम गरेनौँ भने हामी सफल हुन सक्दैनाैँ ।  समयअनुसार सबै कुराहरू परिवर्तन हुन्छन् । हामीले हाम्रो वरिपरिकाे  वातावरणमा मौसम  वा  ऋतुहरु जे जे देख्छाैँ वा अनुभव गर्छाैँ ।  यी सबै समयकाे परिवर्तनकै कारणले भएका हुन् । समाजमा हामीले बालक, केटाकेटी, युवा, वृद्ध मानिसहरू देख्छाैँ त्यो पनि समयले नै परिवर्तन गरेको हो । त्यसैले समय हाम्रो लागि अपार छ ।