Written by: Sarvesh Raj Adhikari - 30056, Grade VI
Posted on: 13 September, 2023
माया गर्छु म मेरो देशलाई
बदल्दिनँ म मेरो भेषलाई
यो ठाँउ हो मेरो जन्मदाता
यसलाई म मान्छु मेरी माता
छोड्दिनँ म कहिले यो ठाउँ
यो हो मेरो जन्मभूमि घर र गाउँ
देश हो मेराे पहिचान
यो देश हो मेरो शान
म मेरो देश मै खुसी रहन्छु
देशकै अन्न र पानी खान्छु
देशमै बाँच्छु देशमै मर्छु
देशलाई बचाउँछु
याे देश मेरी आमा
छन् धेरै जात बाउन, क्षेत्री, तामाङ, लामा
माया गर्छु म मेरो देशलाई
बदल्दिनँ म मेरो भेषलाई