Logo

Student Corner

हिमाल

Written by: Nishkarsh Joshi - 28027, Grade VIII

Posted on: 11 September, 2023

प्रकृतिकै सुन्दर उपहार हौ तिमी
हिमालहरूमा पनि हिमराज हौ तिमी
सुन्दरताको एक अमूल्य उपहार हौ तिमी
हे गिरिराज सौन्दर्यमा पनि सौन्दर्य हौ तिमी ।



गौरव हौ तिमी नेपालको
प्रकृतिको गजबको देन हौ तिमी
आकाश चुम्ने तिम्रो छ उद्देश्य
पृथ्वीसँग जोडिनु तिम्रो वात्सल्य ।



नेपालीको सान भई रहने हर्दम
झुक्नुहुन्न भन्ने ज्ञान दिइरहने हर्दम
नदी भई खुसी बाँडिरहने हर्दम
जीवनको अमृत बोकिरहने हर्दम