Logo

Student Corner

तिहार

Written by: Biplov Shrestha - 2028010, Grade IV

Posted on: 31 August, 2020

तिहार हामी नेपालीहरूको दाेस्राे ठुलो चाड हो। तिहार वर्षको एक चोटी मनाइने गरिन्छ। तिहार पाच दिन मनाइने गरिन्छ। पहिलो दिनलाई काग तिहार भनिन्छ।  त्यस दिन कागकाे पूजा गरिन्छ । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। त्यस दिन कुकुरलाई पूजा गरेर माला लगाइदिई मिठा मिठा खानेकुरा खान दिइन्छ ।  तेस्रो दिनलाई गाई तिहार र लक्ष्मी पूजा पनि भनिन्छ। साेही दिन गाईकाे र धनकी देवी लक्ष्नीकाे पूजा गर्ने चलन छ ।  चौथो दिनलाई गोवर्धन पूजा वा म्ह पूजा पनि भनिन्छ  चाैँथाे  दिन गाेरुकाे पूजा गर्छन् भने  नेवारी समाजमा म्ह पूजा भनी  आफ्नै पूजा गर्छन् र पाँचाैँ दिनलाई भाई टिका भनिन्छ। तिहारमा टाढा टाढा भएका मानिसहरू एकअर्कासँग भेटेर एक अर्कालाई  टिका  लगाउँछन र  सबैजना सँगै मिलेर रमाइलो गर्छन। नेपालीहरू तिहारमा  धेरै वस्तुहरूलाई पूजा गर्छन । मानिसहरू मन्दिर जान्छन् । दिदीबहिनीहरूले आफ्ना दाइभाइलाई टिका लगाइदिन्छन्। मानिसहरू तिहारमा भैली खेलेर रमाइलो गर्छन्। तिहार एउटा रमाइलो चाड हो।