Logo

Student Corner

सामान्य फूल

Written by: Shreevaani Dhungel - 29044, Grade VII

Posted on: 06 September, 2023

एक आमाको माया नै धरती हो
एक चाहनाको दृश्य नै कल्पना हो
कल्पनामा बसेर म खुसी हुन्छु
एक कमलको फूलको दृश्य नै शाेभा हो भन्छु

 

बुबाको मेहेनत गोहोरिएर हेर्छु
आफ्नो लोभ आफैसँग राख्छु
मेरो चाहना आकाशको बादलजस्तै छ
कहिले, रूप बदल्ने वा गायब हुन्छ

 

मेरो चाहना, सबैको मनमा भरोसा होस्
कसैले त्यो भरोसा न तोडोस्
सबैको मनमा विश्वास रहोस्
र त्यो विश्वास जहिले अब्बल होस्

 

सबैको मन फूल जस्तो होस्
सुन्दर र आकर्षित पहिरनमा होस्
भित्र कसैले छाम्दा सबैको मन खुलोस्
दुख र उदास, सुखी र खुसी कुराले भरोस्



मलाइ पनि थाहा छैन, म लाेभी  हो या होइन
मलाइ नै थाहा छैन के म असल हुन् नहोस्
मलाइ बस यो थाहा छ, कि म पनि मानिस हुँ 
अरू जस्तै एक सामान्य फूल  ।