Logo

Student Corner

विद्यालय

Written by: Agraj Rijal - 29004, Grade VII

Posted on: 04 September, 2023

विद्यालय हो हाम्रो शिक्षाको खानी
यहाँ सबैको छ राम्रो बानी
विद्यालय हो मेरो दोश्रो घर
पढ्नुपर्छ मिलेर विनाडर

 

कक्षाकोठा धेरै नै हुन्छन्
विद्यार्थी पढ्ने, खेल्ने कुद्ने गर्छन्
सबैले असल ज्ञान पाउँछन्
ज्ञान पाएपछि सबै रमाउँदछन्

 

पुस्तकालयभरि किताब
थरिथरि रङका
कविता र कथाका
किताब थुप्रै रङका

 

शिक्षक र विद्यार्थी
एउटै परिवारका  सदस्यजस्तै
विद्यार्थी परिवर्तित हुन्छन्
तर अरू बस्छन् त्यस्तै

 

ज्ञानकाे घर हो विद्यालय
सबै ज्ञानी बन्छन्
भविष्य निर्माण गरेर
सबैलाई ज्ञानी पार्छन् ।