Logo

Student Corner

ऋतुराज वसन्त

Written by: Prasanna Dhungel - 28021, Grade VIII

Posted on: 01 September, 2023

हेर है वसन्त ऋतु आयो,
छरेर सौन्दर्य विश्वमा रमायाे 
मनमा हरियाली छायो,
ढकमक्क बगैँचाको बिचमा

 

जाइ, जुइ, चमेली 
वसन्तको विशेषता यो 
पृथ्वीआमा सँग खेली,
सुनौलो धर्तीको प्रात यो

 

सुगारङ्गी चरा कराए,
स्वतन्त्र भै आकाशमा 
काला बादल हराएर,
घाम छायो यो सुन्दर जगत्मा

 

शीत्तल हावाको माझमा,
खुल्ला आँगनमा बसी 
यस जगतको सौन्दर्यमा डुब्छु 
सुन्दरताको तालमा खसी


न गर्मी न जाडो,
वसन्तको अनौठो मौसम 
यो पृथ्वीमा हरियाली छायो 
वसन्तले फेरि आफ्नो राज ठहर्‍यायो