Written by: Pratik Dangol - 27009, Grade IX
Posted on: 30 August, 2023
वि. सं. २०८० साल साउन ३० गते हामी कक्षा ९ र १० का विद्यार्थीलाई सिफल स्कुलद्वारा शैक्षिक भ्रमणमा लगिएको थियो । हामीलाई वि पि कोइराला स्मारक सङ्ग्रहालयमा लगिएको थियो । याे सङ्ग्रहालय नेपाल सरकारद्वारा २०७६ मा खोलिएको थियो । यस सङ्ग्रहालयमा विज्ञान सम्बन्धी धेरै यन्त्र तथा सामग्रीहरू छ्न् ।
हामी सदाझैँ विद्यालय गयौँ र केही समय कक्षामा व्यतीत गर्याैँ । त्यसपश्चात् हामी करिब ९:३५ बजेतिर स्कुलको बसबाट सिफलदेखि कीर्तिपुरतर्फ लाग्याैँ । हामी करिब एक घण्टापछि सङ्ग्रहालय पुग्याैँ । हामी करिब १०:३० बजेतिर त्यस स्थानमा पुग्याैँ । त्यहा जाने बित्तिकै हामीले सबैसँग टिकट शुल्क पचास रुपियाँ उठायाैँ र टिकेट लिएर भित्र प्रवेश पर्येा । हामीले भित्र त्यहाँको एक जना कर्माचारी भेट्याैँ । जसले हामीलाई त्यहाँको परिचय दिएर त्यसबारे जानकारी दिन सहयाेग गर्नुभयाे ।
हामीले सर्व प्रथम “बेर्नौली ब्लोवेर” नामक एउटा यन्त्र देख्यो जसले भकुण्डोलाई हावामा एउटै ठाउँमा राख्यो र बाहिरी शक्तिले असर पुर्याए पनि आफ्नै ठाउँमा आउँथ्यो । त्यसको कारण हो बल र दबाबको सम्बन्धले । त्यसै गरी हामीले “हेड अन ए प्येटर” नामक दोश्रो यन्त्र देख्यो जसले प्रतिबिम्बबारे हामीलाई ज्ञान दियो । त्यसै गरी हामीले हाम्रो विद्यालायमा विज्ञान कक्षामा पढेका कुराहरू व्यावहारिक रूपमा देख्यौँ । उदाहरणको लागि भन्नुपर्दा स्थिर ऊर्जा, चरखी प्रणाली, ध्वनि तरङ्ग आदि हुन् । हामीले एउटा यस्तो यन्त्र पनि देख्याैँ । जसले देखाउँछ कि मानवभित्र भएको ऊर्जाले झट्का लाग्छ । यस यन्त्रलाई छुदा झट्का नलागी त्यसको सट्टा अजिव तरिकाको ध्यान उत्पन्न हुन्छ । त्यसपछि आज हामीले हिँड्दा बज्ने पियानो पनि देख्याैँ । त्यति मात्र नभएर अनेकौँ तरिकाका ऐनाहरू देख्याैँ । जसमा कुनैले पातलो, मोटो, लाम्चो, होचो आदि बिम्ब देखाउँथ्याे । ती सबै त आम यन्त्रझैँ थियो तर मलाई राम्रो र विचित्र भनेको एउटा रोबोट लाग्यो त्यसकाे नाम फुलमाया थियो । फुलमाया रोबोटलाई चलाईएको भए पनि नेवा परम्परागत बस्त्र लगाइएको देख्दा मन प्रसन्न भएको महसुस भयो ।
अरू भन्नुपर्दा हामी ती यन्त्रहरू हेरिसकेपछि हामी वनस्पति विज्ञान सम्बन्धी क्षेत्रमा गयौँ जहाँ विभिन्न बोट विरुवा आदि देख्याैँ । त्यसपछि हामीले मानव पुत्ला, कंकाल जस्ता मुर्ति देख्यौ अनि हाम्रो भमण समाप्त भयो। त्यस पछि बाहिर निस्किम र केही तस्विरहरू खिच्याैँ अनि बसमा बस्यौँ। त्यसपछि बस ११:३० तिर त्यस ठाउँबाट निस्क्यो र करिब १२:३० तिर विद्यालयमा पुग्याैँ ।
यस भ्रमणले हामीलाई विज्ञान सम्बन्धी धेरै ज्ञानहरू दियो । हामी किताबमा त ती कुरा पढेका थियौँ तर आज हामीले त्यसलाई व्यवहारिक तथा प्रत्यक्ष रूपमा देख्न पायाैँ । यस्तो हुँदा हाम्रो अवधारणा झन् राम्रो भयो विज्ञानप्रति । केही हदमा मलाई अझै सङ्ग्रहालयमा कमी देखेँ । कमी भन्नाले उपयोगी नहुनु भन्दा नि यन्त्र सामाग्रीको कमी देखेँ । सङ्ग्रहालय ठुलो भए पनि त्यहाँ ठाउअनुसार सामग्रीहरू देखिनँ । त्यसैले त्यहाँ अझै विज्ञान सम्बन्धी सामाग्रीहरू भए अझै राम्राे हुन्थ्याे ।