Logo

Student Corner

वसन्त

Written by: Prasiddha Shrestha - 28008, Grade VIII

Posted on: 29 August, 2023

वर्षमा चार महिना हुन्छ
त्यसमध्ये वसन्त ऋतु पनि हुन्छ
फूलमा कोपिला लाग्ने  महिना
फूल फुल्ने महिना ।

हराभरा हरियाली हुने वसन्त ऋतु
जहाँ हेरियो  हरि हरियो
जता हेर्‍याे फूलैफूलका
रमाइला पलहरू ।

बगैँचामा फूलैफूल
कौसीको गमलामा फूलैफूल
फूल देखेर भगवान  पनि  प्रसन्न हुने
मनमोहक आनन्द
सुखदायी महिना

न जाडो न गर्मी
सबैभन्दा रमाइलो र मनमोहक
बोटबिरुवामा नयाँ पात पलाउने
चैत र वैशाख महिनामा पर्ने वसन्त

रङ्गीचङ्गी फूल हेर्न पाउने मौसम
सबैले सुखी र दुःखी भुल्ने पलहरू
आहा! अत्याचार रमाइलो
ऋतुराज भनेर चिनिने ऋतु