Logo

Student Corner

बालदिवस

Written by: Subhaya Shrestha - 2028039, Grade IV

Posted on: 30 August, 2020

बालदिवस हामी बालबालिकाहरूका लागि एक महत्त्वपूर्ण दिन हो । साे  दिनमा बालबालिकाहरूलाई धेरै उपहार दिइने गरिन्छ । बाल दिवस बालबालिकाका  लागि भनेर मनाइने एउटा पर्वको दिन हो । बाल दिवसका दिन विद्यालयहरूमा विभिन्न रमाइला कार्यक्रमहरूको आयोजना गरेर बालबालिकाहरूलाई रमाइलो प्रदान गरिन्छ । साेही दिन बालबालिकाहरूका  लागि मिठा मिठा परिकारहरू पकाउने गर्दछन् । मेरी आमाले पनि  बालदिवसका दिन मेरा लागि मन पर्ने मिठाई, केक ल्याइदिनुहुन्छ अनि मिठा मिठा  प्रकारका खानेकुराहरू पनि पकाएर खुवाउनुहुन्छ। मलाई बाल दिवस धेरै नै मनपर्छ । यो पर्व प्रत्येक वर्ष मनाउने गर्दछौँ । यस पर्वका  दिन हाम्रा अभिभावकहरूले हामीलाई धेरै राम्रा राम्रा उपहार पनि दिनुहुन्छ अनि बाहिर घुमाउन पनि लैजानुहुन्छ ।