Logo

Student Corner

प्रकृतिको रहस्य र सौन्दर्य

Written by: Rushka Sapkota - 29024, Grade VII

Posted on: 28 August, 2023

त्याे हरियो रुखको पात
ती खैरा रूखका हाँगा, काटिन्छन्  रातारात
कल्पनाभन्दा छन
प्रकृतिको रहस्य ।

 

सरर बग्दछ, नदी
एक झुल्का हो, जस्तै सुनचाँदी
अनुहार छुने आरामदायी हावा
यहाँ हरिया हरिया हुन्छन् बिरुवा ।

 

रातमा चम्किरहेको चन्द्रमा
बिहानको चम्किलो घाम, परिक्रमाको बारेमा
प्रकृतिको सुन्दरता अपरिभाषित छ
बादलले सूर्यलाई जिस्काइरहन्छ ।

 

सुन्दर गीत गाउँछन्, यहाँका चराहरू
यहाँ धेरै समुदायहरू छन्, शेर्पा, क्षेत्री र थारु
रङ्गीन प्वाँखहरू लिएर चराहरू उड्छन्
आकाश राम्रो देखाउँन आइपुगेछन् ।

 

सारा संसारलाई चम्काउँछ, सूर्य
यहाँ धेरै राम्रो छ, साहित्य
सुन्दर छ प्रकृति रहस्यले भरिएको 
थप रहस्य आउनेछ बने हुन्छ तीखो ।