Written by: Eva Adhikari - 29012, Grade VII
Posted on: 24 August, 2023
यी तारा देख्दा
सधैँ चम्कौँ जस्तो लाग्छ
उत्तरको धुव्र देक्दा
अटल बनौँ जस्तो लाग्छ ।
तारा त चम्किएर
सबैका लागि लागि प्रकाश छर्छन्
अज्ञानता र अशिक्षाकाे
अन्धकार मेट्ने गर्छन् ।
तारा बनी तिमी
अन्धकारमा चम्किन्छौ
बेसाहारा र असहायको
तारा तिमी बन्छौ ।
यी तारा मेरा लागि
प्रेरणाका स्राेत
सबै अन्धकार हटाई
चम्किन्छन् सबैतिर
सीता ,बुद्ध अरनिकाे
भृकुटी हरितारा
यिनैजस्तो चम्किन सक्छौँ
राेक्न असम्भव छ आज ।