Written by: Eshanee Manandhar - 28004, Grade VIII
Posted on: 23 August, 2023
वरिपरि फूल भने, सफा आकाश माथि
पुतली उडिरहेको, कमिलाको ताती
यो वसन्त ऋतु हो त , फूलहरूको ऋतु
वसन्त नै ऋतु राजा , सुखद यो ऋतु ।।१ ।।
फूलहरूको वरिपरि , भँमरा घुम्छन्
फूलहरू माथिपटी , मौरीहरू उड्छन्
शीतल हावा आयो , शीतल मन
वसन्त ऋतु आयो, फूल, पुतली छन् ।।२ ।।
बगैँचा रङ्गी चङ्गी, देख्छ यो बेला
जनावरहरूको हुन्छ, त्यही बेला मेला
सबै चिज खुल्ला देख्छ , सबैजना सुखी
वसन्त आएपछि ,कोही हुन्न दुखी ।।३।।
जाडो हावा गइसक्यो, आउछ केही पछि
अहिले वसन्त नै , रमाउँ अहिलेदेखि
वसन्त ऋतुमा अब, रमाइ बिताऊँ
यसै ऋतु फूलको ऋतु , यो वसन्त ऋतु ।।४ ।।
वरिपरि फूल भने, सफा आकाश माथि
पुतली उडिरहेको, कमिलाको ताँती
जाडो हावा गइसक्यो, आउँछ केही पछि
अहिले वसन्तमा नै , रमाऊँ मनैदेखि ।।५।।