Logo

Student Corner

शिक्षाकाे महत्त्व

Written by: Iraj Shrestha - 2028014, Grade IV

Posted on: 27 August, 2020

मेरो नाम ईराज श्रेष्ठ हाे । म कक्षा चारमा पढ्छु । मेरो पाठशालाको नाम सिफल सेकेन्डरी स्कुल हो । म डाडागाउँमा बस्छु। आज म शिक्षाको वर्णन गर्न गइरहेको छु। शिक्षा हाम्राे जीवनमा नभई नहुने कुरा हो । हामीले सरासर हेर्दा  जति पनि शिक्षित मानिसहरू छन् उनीहरूको जीवनमा  सरलता धेरै देख्छौँ, जति पनि अशिक्षित मानिसलाई देख्दा उनीहरूको जीवनमा कठिनता देख्छौँ । हाम्राे  देश नेपाल अरू देशको तुलनामा पछाडि पर्नु पनि अशिक्षाको कारण हो । अरू देश धेरै विकसत छन् किन ? किनकि त्यहाँका मानिसहरू धेरै शिक्षामा आगाडि छन् । यो कुरा भने नेपालमा  ठ्याक्कै उल्टाे छ । जसले गर्दा नेपाल र नेपाली अरू देशको तुलनामा धेरै पछि छन् । त्यसैले हामीले सजिलै बुझ्न  सकिन्छ कि शिक्षा  सुखी  जीवनयापनका लागि नभई नहुने कुरा हो । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ हरेक व्यक्ति वा हरेक क्षेत्रकाे  सफलताको मूल मन्त्र नै  शिक्षा हो । तसर्थ हामीले धेरै मन लगाएर पढ्ने हाे  भने हाम्राे  भविष्य उज्ज्वल  बनाउन कति बेर पनि लाग्दैन ।