Logo

Student Corner

समय

Written by: Samyam Rai - 2028032, Grade IV

Posted on: 27 August, 2020

हाम्राे जीवनमा समयले एकदमै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले समयको महत्त्व बुझ्नुपर्छ । समय कहिल्यै पनि खेर फाल्नुहुँदैन । हामीलाई समयले कहिल्यै पनि पर्खदैन । जो मानिसले समयकाे महत्त्व बुझ्दैन, उसले जीवनमा केही पनि गर्न सक्दैन । त्यही भएर हामीले समयसँग चल्नुपर्छ । आजभोलि मानिसहरू मोबाइल,  इन्टरनेटमा नै व्यस्त हुन्छन् र समयलाई खेर फालिरहेका हुन्छन् । आफ्नो काम समयमा नै गर्नुपर्छ र यो काम भाेलि गर्छु भनेर सोच्नु पनि हुन्न । हामीले जुन कामको पनि समय बनाउनुपर्छ । समय यस्तो कुरा हो जसले मान्छेलाई राजाबाट भिखारी र भिखारीबाट राजा बनाइदिन्छ त्यसैले पनि समय बलवान् छ । धेरै मानिस समयलाई भन्दा पैसालाई महत्त्व दिन्छन् तर पैसा भन्दा समय बलवान् हुन्छ । हामीले खर्च गरेको पैसा फेरि कमाउन  सक्छौं तर खर्च गरेको समय फेरि ल्याउन सक्दैन त्यसैले समयको महत्व बुझ्नुपर्छ हामीले समयलाई मान्नुपर्छ अनि समयले गर्दा हामीलाई हाम्रो लक्ष्यसम्म पुर्‍याउँछ ।  हामीले समय खेर फाले समयले हामीलाई जीवनकाे कुनै माेडमा लगेर  फालिदिन्छ त्यसैले समयसँग चल्न सिकाैँ ।