Logo

Student Corner

नेपालको समस्या

Written by: Agrim Rijal - 29005, Grade VII

Posted on: 18 August, 2023

नेपालमै जन्मे नेपालमै हुर्के यही बाँच्नुपर्दछ
हिँड्न र खेल्न लेख्न र पढ्न यही सिक्नुपर्दछ

 

अहिले नेपाल विकसित छैन धेरै नै पछि छ
बलियाे युवा नेपाल देश छोडेर जाँदै छ

 

हरियो वन नेपालको धन  भनेर भनिन्छ
वनहरू घट्दा सहर बढ्दा नेपालै दबिन्छ

 

भगवान रामले दिएका थिए लक्ष्मणलाई उपदेश
सबैले बिर्सी नमानिकन छोडेर गए देश

 

  नेपाल धेरै पछाडि पर्‍याे विकासको खाचोँ भो
सबैले देश छोडिनै सके  हामीले गर्ने हो

 

नेपालमा धेरै  धुलो र फोहोर थुप्रि रहेका छन्
सबै मिलेर सफा गरेमा सुन्दर देखिन्छन्

 

शिक्षा  स्वास्थ्यको कमि छ यहाँ  धेरै नै  गाह्रो छ
त्यसैले गर्दा युवाले देश छोड्नु परेकाे  छ

 

यहाँका नेता धेरै नै ठग्छन्  भ्रष्टाचार बढ्दो छ 
नराम्रा काम गरेर बस्छन् नैतिकता घट्दो छ

 

पहिले नेपाल सुन्दर थियो सबैको मन प्रिय
अहिले त्यस्तो  सुन्दर छैन भएन मन प्रिय

 

 नेपालमा धेरै सुधार ल्याउन हामीले सक्ने छौँ
नराम्रा कुरा हटाइकन  विकास गर्ने छौँ