Logo

Student Corner

पृथ्वी

Written by: Yalam Dev Pradhan - 28014, Grade VIII

Posted on: 17 August, 2023

म पृथ्वीलाई माया गर्छु
यो अति राम्रो छ
यसको सुन्दर परिवेश छ
वरपर उज्यालो छ 
याे प्याराे घर हाे ।

 

जनावरहरू डुल्छन्
चराहरू गीत गाउँछन्
सर्वस्व यसमै छ 
जसले हामीलाई बाँच्न दिन्छ ।

 

विकासका लागि चाहिने कुराहरू यसमै छन्
तर हामीले पहिले तिम्रो ख्याल गर्नुपर्छ
पृथ्वीमा समस्या छ
यो तातिरहेको छ
प्रदूषण घटाउनुपर्छ 
वृक्षहरू बढाउनुपर्छ ।

 

हामी तपाईंलाई विस्तारै बिगार्दै छौँ
तर यसले हामीलाई पनि असर गर्छ
प्रकृति पनि प्रभावित छ
सुधारका लागि प्रयत्न गर्नुपर्छ ।