Logo

Student Corner

नेपालकाे वास्तविकता

Written by: Prabal Dawadi - 29020, Grade VII

Posted on: 16 August, 2023

म हुँ नेपाली मेरो देश हो नेपाल मलाई मनपर्छ मेरो देश 
यहाँ छन्  धेरै जाति धर्म अनि भाषा र भेष
मलाई मेरो देशदेखि लाग्छ गर्व
यहाँ मनाइन्छ धेरै प्रकारका चाडपर्व।

 

हाम्रो देश छ प्राकृतिक सम्पदाको धनी                          
तर के गर्नु देशका सक्षम युवाहरू
विदेशिनु पर्‍याे बाघ्य बनी।  
नेताहरूलाई चाहिन्छ धेरै पैसा र मान 
त्यसपछि  उनिहरूमा चढ्छ घमण्ड र अभिमान।

 

त्यसपछि किन्छन् करोडौंको गाडी र घर 
देशमा गतिलो रोजगार नपाएर
जनता जान बाध्य हुन्छन् सात समुन्द्र पार ।
नेपालका धेरै नेताहरू छन् भ्रस्टाचारी र चोर 
यिनीलाई हाल्नुपर्छ  छानी छानी जेल र खोर

 

हाम्रो देश नेपालको आराध्यदेव श्री पशुपतिनाथ
हाम्रो राष्ट्रिय खाना हो दाल  अनि भात ।
चोर नेताहरू दिन्छन् जनतालाई घात
अनि जनताहरू छन् भेडा  
उनीहरू पनियस्तै नेताहरूलाई दिन्छन् साथ 
राष्ट्र र जनतामाथि हुन्छ ठुलो विश्वासघात।

 

यहाँ छन् धेरै प्रकारका रुख र वनस्पति 
परापूर्व कालमा नारीहरू जानुपर्थ्यो सति।
हामी पढेिलेखी पछि गर्नुपर्छ ठुलो काम
राम्रो काम गरे पछि कमाइन्छ नाम र दाम।
नेपालमा पाइन्छ स्वच्छ हावापानी 
नेपालीहरूको हुन्छ राम्रो आनी बानी

 

हामी नेपालीहरु हुन्छौ सोझा र असल 
हरेक कार्यमा हुने गर्छौ हामी सफल ।
नेपाली हुन्छन् अत्यन्त इमान्दार र पराक्रमी 
देशमा गतिलो शासक नहुँदा
युवाहरू विदेशीएर बन्नुपरेको छ श्रमिक
हाम्रो देश नेपाल छ प्राकृतिक सम्पदाको धनी 
तर देशलाई नेताहरूले खोक्रो पारे विदेशीको दलाल बनी।