Logo

Student Corner

चन्द्रमा र म

Written by: Aaradhya Prasai - 28001, Grade VIII

Posted on: 15 August, 2023

रातको बेला, मलाइ साथ दिने 
निन्द्रा नलाग्दा, मसँग मिल्न आउने 
अँध्यारोको समयमा, उज्यालो फैलाउने 
सबैले मेरो साथी, चन्द्रमा लाई मन पराउने

 

मेरा सबै भावनाहरू, थाहा छ उसलाई 
जैले मेराे  नजिक आउछ, जब मलाई साथ चाहिन्छ 
जति पर भए पनि, घर जस्तो लाग्छ
अँध्यारो र शान्त छ र ठाउ लाग्छ विचित्र

 

कति राम्रो छ यो चन्द्रमा,
चम्किन्छ रातको अध्यारोमा 
जब हराएको र भ्रमित भावना आउछ, 
चन्द्रमालाई सम्झन्छु 
आफूसँग केही नभाको महसुस गर्दा 
चन्द्रमालाई हेर्छु ।

 

मध्यरातमा मेरो 
जसलाई मेरो सबै पीडा थाहा छ 
एक्लै बसेर चन्द्रमालाई हेर्दा, रात पूरा हुन्छ 
कति धेरै मान्छेको र सम्झनाको याद आउछ 
मेरो प्रिय चन्द्रमा, जहिले चम्किरहन्छ।