Logo

Student Corner

देशकाे माया

Written by: Jenial Giri - 29054, Grade VII

Posted on: 08 August, 2023

त्यो वर्षाको आवाज ।
त्यो धनिनो जङ्गलको वास्ना ॥
ती हिमालयका चिसा हावा।
र फेरी आयो याद मलाई आफ्नै देशको
आफ्नै जन्मभूमिको ॥

 

ती साना र सुन्दर गॉंउहरू।
अनि ती मनै लोभ्याउने झरना॥
त्यो ढुङ्गे धाराको कलकल चिसो पानी ।
र भेटेजति पाहुनालाई भित्र्याउने बानी ॥

 

चाहेजति नपुग्दो केही छैन यहाँ ।
राम्रा कपडा मिठा खाना॥
डुल्नघुम्न दॉंया र बाँया ।
तै  पनि आउँछ त्यै मातृभूमिको माया॥

 

हेर्छु दसैँमा हुन्छ सबैका निधारमा राता टिका।
परदेशमा छु भक्कानो छुट्छ मनमा ॥ 
हुन्छ मन फिक्का फिक्का । 
फोटोमा नै हेरी बुझाउछु नि चित ॥
दिलको कुरा भन न आमा बताउँ कोसित ॥॥

 

बहिनी भन्छे तिहारै आयो यसपालि आइदे न ।
परदेशको दुःख साहुको ब्याज कसरी बुझाऊँ म॥
रहर हैन बाध्यता आमा यति त सुनिदेऊ।
म जस्ता यूवा देशमा राख्ने नेतालाई चुनिदेउ॥
आमाको माया देशको माया रैनछ धनमा।
जहॉं नै जॉंउ जेसुकै खॉंऊ देशै छ मनमा॥