Logo

Student Corner

पुस्तक समीक्षाः ‘ पिन्टो र घनटाउके खरायो’

Written by: Sambhavya Pandey - 30027, Grade VI

Posted on: 07 August, 2023

परिचय:   यो पिन्टो र घनटाउके खरायोका लेखक डा. उज्जल बिक्रम खड्का हुन् ।  तस्बिर समित श्रेष्ठले बनाएका  हुन् । प्रकाशन काठमाडौँ पब्लिकेसन हो । यो बाल कथा हो । यो कथा ४८ पानाको छ । 


पात्रहरू:   यो ‘पिन्टो र घनटाउके खरायो’ बाल कथामा मुख्य  पात्रमा  पिन्टो, पिन र घनटाउके खरायो छन्। त्यस्तै अन्य पात्रहरूमा बुवा, आमा ,हजुरबुबा, हजुरआमा,हेडमास्टर हात्ती स्याल,अनुप, जुरेली,टाइगर,हाँस,राजहाँस आदि छन् ।

 

परिवेश:   यो कथामा  घर , घर वरपरको ठाउँ, विद्यालय, घर नजिकैको खोला, अनुपको घर, जङ्गल, जङ्गलमा बिताएको रात स्थलगत परिवेशका रूपमा आएका छन् ।

 

कथावस्तु:    पिन्टो राम्रो र आकर्षक थियो। पिन चाहिँ त्यति आकर्षक  थिएन  तर असल बानी हितकारी मन र हँसिलो अनुहारले ऊ गाउँभरि  चिनिएको  थियो । उनीहरूका हजुरबुबा र हजुरआमा साथी जस्तै हुनुहुन्थ्यो। पिन्टो सङ्ग कुकुर (टाइगर) पनि थियो । उनीहरूको घर नजिकै खोला थियोे । त्यही खोलामा बाबाआमाको आँखा छलेर, झुक्याएर पिन र पिन्टाेलाई पौडी खेल्न खुब रमाइलो लाग्थ्यो। बाआमाको आँखा छलेर उनीहरू जङ्गल पनि जान्थे र सिकार पनि गर्थे ।तर यो जङ्गल असुरक्षित थियो किनकि त्यहाँ विषालु सर्प बिच्छी जङ्गली हात्तीहरु पनि थिए । दिनहरू बित्दै गए। तर उनीहरुको जङ्गलभित्र  जानी चाहना भने उस्तै थियो । बाआमालाई थाहानै नदिई  दाजुभाइ  जङ्गलतिर गए ।  उनीहरुलाई डर पनि लागि रहेको थियो किनकि बाले थाहा पाउनुभयो भने गाली र कोर्रा  खाने डर थियो । तर पनि कसैलाई थाहा नदिई उनीहरू जङ्गलभित्र गए ।उनीहरू  जाँदा जाँदै  धेरै भित्र गए । दाजुभाइलाई थकाइ पनि  लागेको थियोे । उनीहरूले आफूलाई चाहिने खानेकुरा, पानी, पकाउने भाँडा पनि लगेका थिए। उनीहरू बसेर चकलेट खाँदै थिए ,भाइले एउटा घनटाउके खरायोलाई  देख्यो र दाइलाई  ऊ खरायो भनेर देखायो । घनटाउके खरायो फेरि देखा पर्यो र हरायो। त्यो खरायो  अचम्मकाे थियो। उनीहरूले जुरेली पनि देखे। त्यो जुरेली पनि डर लाग्दो थियो। त्यो जुरेली झन् झन् डर लाग्दो देखिँदै गयो। पिन्टो र पिन डराएर बाटो न घाटो एकोहोरो कुदे । उनीहरु कहाँ पुगे  उनीहरूलाई नै थाहा भएन। डर र भोक  भएपनि जङ्गलमा डुल्न पाएकोमा उनीहरूले आफूलाई संसारको सबैभन्दा भाग्यमानी दाजुभाइ सम्झिए। उनीहरूले हात्ती पनि देखे । डराए तर हात्तीले केही पनि नगरी गयाे। राती भयो उनीहरू एउटा गुफामा गएर बसे । पानी मज्जाले पर्यो । उनीहरूलाई धेरै डर लगिरहेको थियो । थकाइ र भोकले गर्दा पिन बेहोस भयो। दाजुको  गीत सुनेर पिन होसमा  आयो। उनीहरूले त्यहाँ डरलाग्दा कुराहरु देखे । गुफामा थुनिएकाे हुनाले पानी पनि खान नपाएर पिन्टाे र पिन बेहोस भएर ढले। उनीहरू ब्युझिँदा त घनटाउके खरायोले उनीहरूको  हेरविचार गरिरहेको थियो।  ऊ मान्छे जस्तै बोल्ने खरायो थियो । पिन र पिन्टाेलाई अचम्म लाग्यो।   खरायो र जुरेली राम्रा थिए।  खरायोले भन्यो, ‘तिमीहरूलाई म खाना दिन्छु ,हेरविचार गर्छु, तिमीहरूको घर पुर्याइदिन्छु, तिमीहरूले मलाई मेरो भाइ भएको ठाउँसम्म पुर्याइदेऊ है।’ घनटाउके खरायाेको नाम ज्याक पो रहेछ । ज्याकले छु मन्तर गरेर दाजुभाइलाई घरको आँगनमा पुर्याइदियो ।  घरमा बाआमालाई देखेर  उनीहरू खुसी भए। बाआमालाई जङ्गलमा भएका सबै कुराहरू पालैपालो सुनाए। सबैजना अनुपको घरमा गए  अनि सबै कुरा  सुनाए । सुरुमा त अनुपले घनटाउके खरायाेको भाइ  दिन्न भन्यो र दुःखी पनि भयो तर पछि सबैले सम्झाएपछि अनुपले  घनटाउके खरायाेको भाइलाई दिएर पठाइदियो। ज्याक र जोन खुसी हुँदै जङ्गलतिर लागे। मैले यो कथाबाट  बाबाआमाले भनेको नमान्दा दुःख पाइन्छ भन्ने कुरा  सिकेँ  । 


निष्कर्ष:    सरल भाषामा लेखिएको यो बाल कथा ज्ञानवर्धक छ। यो कथा मलाई साह्रै मन पर्‍यो। यो पुस्तक हामीजस्ता बालबालिकाको लागि  ज्ञानवर्धक भएकालेे म यो पुस्तक पढ्न सबैलाई सिफारिस गर्दछु  ।