Logo

Student Corner

जलवायु परिवर्तन र प्राणीकाे भविष्य

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 03 August, 2023

जलवायु परिवर्तनलाई ग्लोबल वार्मिङ पनि भनिन्छ। यो प्रायः वातावरणमा आएको परिवर्तन र प्रदूषणको कारणले हुन्छ । जलवायु परिवर्तन भन्नाले हाम्रो पृथ्वीको वायु मण्डलमा भएको नकारात्मक परिवर्तन भन्ने बुझिन्छ।

 

जलवायु परिवर्तन विभिन्न कारणहरूले हुन्छन्। जस्तै वनजङ्गलको फडानी हुनुको कारणले पृथ्वीको वायुमण्डलमा अक्सिजनको कमी हुनाले प्राणीहरूलाई श्वासप्रश्वासमा गाह्रो हुनु । अहिलेको आधुनिक युगमा सबैले प्रविधिको प्रयोग गरिरहेका छन्। आजकल प्रविधिको चाहिनेभन्दा बढी प्रयोग भइरहेको छ। पहिले स्वच्छ र सफा हुने वातावरण अहिलेको यस समयमा बाहिर जान पनि मुख छोपेर जानुपर्छ। पहिलेको शीत्तल हावा बग्ने वातावरणमा बिस्तारै गर्मीको कारणले हाम्रो पसिना बगिरहेको छ। अहिले बाहिर गयाैँ भने चारैतिर उद्योग देख्छौ । यस समयमा वनजङ्गलहरू भन्दा उद्योग धेरै छन् । त्यति मात्र होइन, उद्योग बनाउनका लगि वनजङ्गलहरू काटिरहेका छन्। उद्योगले उतपादन गर्ने धुवा पनि जलवायु परिवर्तनको कारण हो। हामीले दैनिक रूपमा प्रयोग गर्ने गाडी तथा सवारी साधनको धुवाँले पनि जलवायुको परिवर्तन हुन्छ। बढिरहेको जनसंख्या र आधुनिक प्रविधिहरूको प्रयोग पनि यसको एक कारण हो ।

 

जलवायु परिवर्नले गर्मी बढ्छ, मौसम अनुसारको वातावरण हुँदैन, पानी पर्नु पर्ने मौसममा सुक्खा हुन्छ त कहिले चिसो हुनुपर्ने बेलामा गर्मी हुन्छ जसले गर्दा किसानहरूले समयमा नै खेतीपाती गर्न सक्दैनन्, समयमा खेतीपाती गर्न नसक्दा राम्रो उब्जनी हुँदैन। पानी नपर्ने तथा गर्मी बढ्नाले बालीनाली सुक्ने गर्दछ। यसले गर्दा महँगी बढ्छ। जलवायु परिवर्तनले विभिन्न रोगहरू ल्याउँछ। पहिले नेपालको तराई भेगमा मात्र भेट्टाइने डेङ्गु रोग अहिले जलवायुको परिवर्तनको कारण हाे । पहाडी भेगमा पनि देखिएको छ। गर्मी बढ्नाले लामखुट्टेलाई उपयुक्त वातावरण बनेको कारण लामखुट्टे बढिरहेको छ। लामखुट्टेले गर्दा नै डेङ्गु आउँछ। जमिनमुनि बस्ने प्राणीहरू जमिन तातिएको कारण्ले जमिन माथि निस्कन्छन् । जस्तैः सर्प, मुसा आदि। हिउँ पग्लनु पनि जलवायु परिवर्तनको एक असर हो । हिउँ पग्लनाले हिमाली भेगमा बस्ने प्राणीहरू सङ्कटमा परेका छन् । ती जनावरहरू बस्ने ठाउँ नहुँदा तिनीहरू बिस्तारै लोप हुँदै छन् ।

 

भविष्यमा विभिन्न प्राणीहरूलाई जलवायु परिवर्तनले गर्दा धेरै असर हुन सक्छ । जलवायु परिवर्तले हाम्रो बासस्थान, खाने स्रोत जस्तै कृषि तथा खेतीपातीमा परिवर्तन गर्दछ । यसले विभिन्न रोगहरू पनि लाग्छ, प्राणीहरूको समयभन्दा पहिले मृत्यु हुने सम्भावना हुन्छ, हामीलाई बाच्न कठिनाई पनि हुन्छ। जलवायुको परिवर्तनले गर्दा यस पृथ्वीमा बस्ने सबै जीवजन्तुहरूले प्राकृतिक प्रकोपहरू जस्तै बाढी, भूकम्प, पहिरो, हावाहुरीको सामना गर्नु पर्छ।

 

जलवायु परिवर्तनको कारणले जल प्राणी, स्थल प्राणीहरूको भविष्य दिनदिनै जोखिममा गइरहेको छ। समयमा नै हामीले जलवायु परिवर्तनका बारेमा सचेत भएनौँ र यसलाई नियन्त्रण गर्न नसकेमा हामी जस्तै अन्य जीवजन्तुहरूको भविष्य खतरामा पर्दछ ।