Logo

Student Corner

तिहार

Written by: Pritha Khanal - 30022, Grade VI

Posted on: 03 August, 2023

नेपालमा धेरै चाडपर्वहरू मनाइन्छ । तीमध्ये तिहार पनि एक हो । यो पर्व नेपाल र भारतमा घुमधामका साथ मनाइन्छ । दसैँ पछिको ठूलो पर्वको रूपमा तिहारलाई लिइन्छ । तिहारलाई दिपावली अथवा भाइटीका पनि भनिन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । पहिदो दिन कागको पूजा गरिन्छ । कागलाई मिठो मिठो खानेकुरा खान दिने चलन छ । पहिले पहिले कागले   सूचना दिने काम गर्थ्याे । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुर एक इमानदार र बफादार जनावर  हो। यसले घरको र टोलको सुरक्षा गर्छ। तेस्राे दिन लक्ष्मीपूजा गरिन्छ ।याे दिन सबैले आफ्नो घर‌लाई फूल र बत्तीले झिलिमिली बनाउँछन्। साँझ लक्ष्मी भगवान्को  पूजा गर्छन् । गाउँघरमा हाम्रो राष्ट्रिय जनावर  गाईको पूजा गर्छन्। गाईलाई लक्ष्मीको रूप मानिन्छ । यो दिन देउसी भैलो खेल्ने चलन रहेको छ । चौथो दिन गोवर्धन पूजा गरिन्छ । यस दिन  नेवार समुदायले म्ह पूजा गर्छन् । पाँचौ दिन भाइटीका हो। यो विशेष दिन हो। दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्‌गी टीका र गलामा मखमली फूलको माला लगाइदिन्छन् । त्यसपछि मिठा मिठा परिकार खान दिन्छन्। दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाइलाई उपहार दिने  चलन पनि छ । यसरी तिहार पर्व मनाइन्छ ।