Logo

Student Corner

मेरी आमा

Written by: Jyotsana Tako - 2028051, Grade IV

Posted on: 24 August, 2020

 मलाई जन्म दिएर यस धर्तीमा पाइला टेकाउने र आँखा देखाउने मेरी आमा देवी हुन् । मेरा हरेक कुराकाे ख्याल गर्ने मेरी आमाले मलाई धेरै माया गर्छिन् । आमाकाे माया संसारकाे सबैभन्दा ठूलाे र महत्त्वपूर्ण हुन्छ । संसारमा सबै कुरा किन्न पाइन्छ तर जन्मदाता आमाबाबा  किन्न  पाइँदैन । त्यसैले अरूकाे लाख आमाकाे काख भन्ने नेपाली उखान अत्यन्त उपयाेयी र महत्त्वपूर्ण देखिन्छ । आमा मेरी अभिभावक मात्र नभई मेरी प्रथम शिक्षिका पनि हुन् ।

मलाई राम्रा नराम्रा कार्यहरूकाे बारेमा सम्झाई मेरी आमाले मलाई सधैँ राम्रा काममा गर्न हाैसला दिन्छिन् र मेराे पढाइमा पनि विशेष ख्याल गर्छिन् । आमा मेरी अत्यन्त नजिककी मित्र पनि हुन् किनकि मेरा हरेक गाेप्य कुरा म मेरी आमालाई सुनाउँछु । कहिलेकाहीँ बाबाले गाली गर्दा मलाई आमाले नै सम्झाउनुहुन्छ । मेरी आमा मेराे साथमा मात्र हाेइन मनमा पनि बसिरहनुहुन्छ । मैले आमालाई सधै माया र सम्मान गर्छु । पढेर ठूलाे मान्छे बन्छु र आफ्ना आमाबाबालाई खुसी दिनेछु ।