Logo

Student Corner

योग दिवस

Written by: Bibechana Dangol - 30009, Grade VI

Posted on: 01 August, 2023

योगको नियमित अभ्यास गर्नाले धेरै फाइदा हुन्छ । योगले तन र मनलाई शान्त राख्छ । योगले हाम्रो दिमागलाई पनि शान्त बनाउँछ । योगले मानसिक तनावका साथै शारीरिक समस्याबाट पनि छुटकारा दिन्छ। योग गर्दा हाम्रो शरीर हलुका हुन्छ। हाम्रो शरीरबाट तनाव हटेर जान्छ । वैज्ञानिकहरूले पनि योगको अभ्यासले धेरै फाइदा पुर्याउँछ भन्ने  कुरा स्वीकारेका छन् । प्राचीन कालमा ऋृषिमुनिहरू योग गर्थे, पछि गएर अन्य धार्मिक गुरुहरूपनि योग गर्न थाले । अहिले धेरै मानिसहरूले योगको अभ्यास गर्न थालेका छन् । योग गर्दा सबैलाई फाइदा भएको छ । आजभोलि स्कुलमा पनि योगको अभ्यास गराइन्छ । पाठ्यपुस्तकमा पनि योगलाई समावेश गरिएको छ । हरेक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । यस दिन विभिन्न ठाउँमा -याली निकालिन्छ । विभिन्न सङ्घ संस्थाले योग शिविर पनि सञ्चालन गर्छन् । योग दिवसको उद्देश्य सर्वसाधरणलाई योगको महत्त्वबारे  बुझाइ योग गर्न अभिप्रेरित गर्नु हो ।