Written by: Aadhya Shri Poudel - 30001, Grade VI
Posted on: 28 July, 2023
मेरो नाम कलम हो । म निलो कलम हुँ । मैले लेखेका अक्षर निलो रङका हुन्छन् । म अहिले एउटा फोहोर फाल्ने भाँडोमा असजिलो गरी बसेकी छु । म आज आफ्नो जीवन कहानी भन्न जाँदै छु । म केही समय अगाडि एउटा कलम बनाउने कारखानामा जन्मिएकी थिएँ। जब मैले आँखा खोलेँ मैले आफ्नो शरीरलाई देखेँ । त्यसपछि मजस्तै अरू कलमलाई पनि देखेँ । त्यसपछि म अरू कलम भएको प्याकेटमा मिसन गएँ। त्यस प्याकेटभित्र हामी छ जना कलमहरू थियाैँ । त्यसपछि मानिसले हामीलाई एउटा बसमा लगेर राखे । धेरै बेरसम्म हामी त्यहीँ बसमा बस्यौँ । त्यसपछि हामीलाई एउटा पसलमा छोडे । मसित एउटै प्याकेटमा भएका दुई ओटा कलमलाई मानिसहरूले किने । त्यसपछि मानिसले म र मेरा कलम साथीहरूलाई पनि किने । मसँग थोरै मसी मात्र बाँकी थियो । केही समय लेखेपछि मेरो मसी सकियो। म काम नलाग्ने भएँ। म ३ दिन मात्र टिकेकी थिएँ। म अहिले निरर्थक भएकी छु । यसरी मेरो जीवन समाप्त भएकाे छ ।